Logo
३ असार २०८२, मंगलबार
(May 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुम्दिकोटमा बस दुर्घटना हुँदा २० घाइते, ४ जनाको अवस्था गम्भीर

पोखरा । पोखरा महानगरपालिका—२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको बस्नेतले बताए ।

बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 14, 2025

प्रतिक्रिया दिनुहोस्