प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बेलुका ६ बजे बैठक बस्ने बताइएको छ ।
बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य नियुक्ति गर्ने बताइएको छ । समितिका सदस्य डा.विश्व पौडेलले गभर्नर बन्ने रेसमा पदबाट राजीनामा दिएका थिए ।
नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि भर्नरविहीन अवस्थामा छ । कानूनतः गभर्नको कार्यकाल सकिनु एक महिना अगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ ।