Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गर्न सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै सांसदहरुले व्यवहारिक रुपमा जनताको मन छुने गरि अधिकतम प्रतिफल हासिल गर्ने गरि बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा भाग लिँदै कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट खर्च भएर मात्रै नहुने भन्दै त्यसले दिने प्रतिफल बजेटको मूख्य उद्देश्य भएको बताए । सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्ने उनले बताए ।

त्यस्तै, उनले नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजनाका साथ सरकार अघि बढ्नुपर्ने सुझाव दिए ।

त्यस्तै, एमाले सांसद गोकर्णराज विष्टले नेपालमा देखिएको विकासका गम्भीर चूनौतिलाई चिर्न सक्ने गरि सरकारले आगामी बर्षको बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिए ।

आयात निर्यातको फराकिलो अन्तर, रोजगारीको सिर्जना, सुशासनको चूनौति, गरिबीको बिकराल अवस्था लगाएतलाई विशेष ध्यान दिनुपर्ने उनले बताए ।

सांसद बिष्टले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएको जिकिर गरे ।

त्यस्तै, माओवादी सांसद शक्ति बहादुर बस्नेतले सहकारी क्षेत्रको सहभागीतामा मिश्रित अर्थव्यवस्थाका धेरै अलमिलनुपर्ने अवस्था नरहेको बताए । आर्थिक विकासको नयाँ मोडल आवश्यक चाहिएको अवस्थामा सुशासन अनिवार्य सर्त भएकाले सरकारले यसतर्फ बिशेष ध्यान दिनुपर्ने उनले बताए ।

उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दा उत्पादनलाई ध्यानमा राखेर प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: May 13, 2025

प्रतिक्रिया दिनुहोस्