Logo
३ असार २०८२, मंगलबार
(May 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शताब्दी पुरुष जोशीको शालिक महानगर प्रमुख चिरिबाबु महर्जनद्धारा अनावरण (तस्बिरहरू)

ललितपुर । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो ।

महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गरेका हुन् । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।

उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने उनले बताए । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने उनको भनाइ छ ।

महानगरप्रमुख महर्जनले  जोशी मुलुककै गहना भएको बताए । स्व. जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका थिए ।

प्रकाशित मिति: May 13, 2025

प्रतिक्रिया दिनुहोस्