Logo
४ असार २०८२, बुधबार
(May 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अशक्त भएका ७० वर्षीय तामाङको घरमै पुगेर सीडीओले दिए नागरिकताको प्रतिलिपि

२९ वैशाख, हुम्ला । नाम्खा गाउँपालिका-१ ताङगिनका अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नागरिकताको प्रतिलिपि दिएका छन् ।

अशक्त भएका ७० वर्षीय छिङ सुन्डुप तामाङको घरमै पुगेर पाण्डेले नागरिकताको प्रतिलिपि दिएका हुन् ।

तामाङ सदरमुकाम सिमकोट पुग्न सम्भव नभएपछि उनकै घरमा पुगेर नागरिकताको प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

सदरमुकाम सिमकोट आउजाउ गर्न उनलाई सहज दिएन । उनको एक शरीको एक भाग नचल्ने अवस्था छ ।

प्रकाशित मिति: May 12, 2025

प्रतिक्रिया दिनुहोस्