भारत–पाकिस्तान तनाव, नेपालीहरूको सुरक्षाको व्यवस्थापन गर्न सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सुरु भएको तनावले त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्ने प्रभावको व्यवस्थापन गर्न सरकारलाई रुलिङ गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘भारत पाकिस्तानको सिर्जित अवस्था र त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायतमा पर्न सक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको म ध्यानाकर्षण गराउँछु।’
आजको बैठकमा भारत-पाकिस्तान तनावबारे बोल्दै धेरै सांसदले रुलिङको माग गरेका थिए