Logo
१ असार २०८२, आईतबार
(May 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १४ जना मारिए

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको पििरवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।

जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ ।

पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: May 7, 2025

प्रतिक्रिया दिनुहोस्