Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-पाकिस्तान तनावः भारतको हवाई आक्रमणपछिका दृश्यहरू (तस्वीरहरू)

गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो । उक्त आक्रमणबारे भारत र पाकिस्तानले फरक-फरक प्रतिक्रिया दिएका छन् । आक्रमण सटिक र सफल भएको भारतको दावी छ । पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।

पाकिस्तानको सञ्चारमाध्यम डन डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाले ‘छिमेकी देश’ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ ।

डनका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको भारतीय हवाई आक्रमणपछि सुरु भएको थियो । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले बिहान करिब पौने ३ बजे दुई भारतीय जेट खसालेको बताए ।

त्यस्तै स्थानीय समयअनुसार ३:४२ मा पीटीभीले तेस्रो विमान खसालेको उल्लेख गर्‍यो । त्यस्तै चौथो र पाँचौँ विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि बताइएको थियो ।

रक्षामन्त्री ख्वाजा आसिफले ब्लूमबर्ग टीभीसँगको कुराकानीमा पाँच भारतीय विमान खसालेको बताएका छन् । त्यस्तै जियो न्युजमा सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानले पाँच भारतीय जेट खसालेको उल्लेख गरेका छन् ।

यद्यपि, पाकिस्तानको यो दावीमा भारतीय पक्षले भने प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानले एक रिपोर्टमा जनाएअनुसार भारतले ६ स्थानमा गरेका २४ वटा आक्रमणमा ८ जना पाकिस्तानी मारिएका छन् । त्यस्तै ३५ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

उता यो आक्रमणपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् । अमेरिकाले यसलाई दुःखद भनेको छ र यसको अन्त्य हुनुपर्ने उल्लेख गरेको छ ।

पाकिस्तानले भने यसको उपयुक्त जवाफ दिइने बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघले आफूहरूले चुनेको सयमा चुनेको स्थानमा यो आक्रमणको जवाफ दिने अधिकार रहेको उल्लेख गरेको छ ।

भारत-पाकिस्तान तनावः हेर्नुस् भारतको हवाई आक्रमणपछिका दृश्यहरू (फोटोफिचर)

india-pakistan-(21)-1746595185.jpg

india-pakistan-(19)-1746595184.jpg

india-pakistan-(20)-1746595184.jpg

india-pakistan-(10)-1746595182.jpg

india-pakistan-(18)-1746595182.jpg

india-pakistan-(9)-1746595180.jpg

india-pakistan-(8)-1746595180.jpg

india-pakistan-(6)-1746595179.jpg

india-pakistan-(7)-1746595179.jpg

india-pakistan-(4)-1746595177.jpg

india-pakistan-(5)-1746595177.jpg

india-pakistan-(2)-1746595176.jpg

india-pakistan-(3)-1746595176.jpg

india-pak-(8)-1746583390.jpg

india-pak-(6)-1746583389.jpg

 

india-pak-(4)-1746583388.jpg

india-pak-(5)-1746583388.jpg

india-pak-(3)-1746583387.jpg

india-pak-(1)-1746583386.jpg

india-pak-(7)-1746583373.jpg

india-pak-(2)-1746583386.jpg

india-pak-attack-1746577566.jpg

 

प्रकाशित मिति: May 7, 2025

प्रतिक्रिया दिनुहोस्