Logo
१५ असार २०८२, आईतबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १९ वैशाख । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद राईलाई अदालतले यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको अभियोगमा लामो समयदेखि फरार रहेकी सांसद राईलाई गत शनिबार प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । पक्राउ परेकी सांसद राईको कनेक्सन सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जिबी) सँग रहेको बताईन्छ ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्