Logo
१ असार २०८२, आईतबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिसाले आत्महत्या गरेको ठहर, विज्ञप्ति निकाल्दै यस्तो गर्‍यो व्रिफिङ

काठमाडौं । भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनामा कलेजले पहिल्यै आत्महत्या करार गरेर विज्ञप्ति निकालेको हो ।

कलेजका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख छ ।

‘कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ । बाँकी प्रक्रियाका लागि एम्स भुवनेश्वरमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।

कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यस दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको’ पनि विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्