Logo
२ असार २०८२, सोमबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड, जगेडा कोषमा २ अर्ब ४७ करोड

नेपाल विद्युत प्राधिकरणकाे सञ्चित नाफा ४६ अर्ब  ४७ कराेड रहेकाे देखिएको छ।

प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले २ अर्ब ४७ कराेड मात्रै जगेडा काेषमा रहेकाे बताएका हुन्।

प्राधिकरणले ११ अर्व ६१ कराेड ठेक्काकाे भुक्तानी गर्न बाँकी रहेकाे छ। जसमा माैजाद १० अर्व १० कराेड मध्ये मुद्दती खातामा ३ अर्व ६८ कराेड र धराैटी खातामा ३ अर्व ९५ कराेड रहेकाे श्वेतपत्रमा उल्लेख छ।

कुलमान घिसिङले आ.व. २०७२/०७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब ३५ अर्ब रहेको र सोही आ.व. को मात्रै घाटा करिब  ९ अर्ब रहेकोमा आ.व २०७३.७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आ.व २०८०/८१ सम्ममा सञ्चित नाफा करिव ४७ अर्ब पुगेको  उल्लेख गरेका थिए।

आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको कुल सम्पत्ति करिव २ खर्ब ११ अर्ब रहेकोमा हाल करिब ६ खर्ब ४४ अर्ब पुगेको कुलमानले उल्लेख गरेका थिए। श्वेतपत्रमा पनि ६ खर्ब ४४ अर्व नै रहेकाे छ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्