Logo
२ असार २०८२, सोमबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोडसेडिङको युग सकियो, अब विद्युतमा विश्वसनीयता आवश्यक : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको युग सकिएको बताएका छन् ।

शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन । उनले  प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१/८२ को फाल्गुन मसान्तसम्म  ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको बताए ।

उनले वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावण देखि चैत्रसम्मको तथ्याङ्कको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको जनाए । उनले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताए ।

उनले उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट कि.मि. प्रसारण लाइन तथा १३,७५४ एम.भी.ए. सबस्टेसन सञ्चालनमा रहेको बताए । उनले २,१२९ सर्किट कि.मि. प्रसारण लाइन तथा ६,६६९ एम.भी.ए. सबस्टेसन निर्माणाधीन रहेको बताए । उनले अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट कि.मि. सञ्चालनमा रहेका छन् ।

त्यस्तै,निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोडको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार श्वेतपत्र गत १५ गते सञ्चालक समितिबाट पारित भएको थियो । प्राधिकरणले अहिलेसम्म भएका कामकारबाहीको वर्तमान अवस्था र भावी योजनाका विषयमा श्वेतपत्र जारी गरिएको बताए ।

उनले उक्त श्वेतपत्र कार्यसम्पादनको मूल्याङ्कन सहयोग हुने विश्वास रहेको बताए ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्