Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली विद्यार्थीको निधनप्रति भारत सरकारद्धारा दुःख व्यक्त

काठमाडौं, १९ बैशाख । भारतको विदेश मन्त्रालयले भारतको भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेको छ । विदेश मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,‘यस दुःखद् घट्नाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । ओडिशा राज्य सरकारले मृत्तको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ । ओडिशा प्रहरीले हाल यस घट्नाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताको साथ लिएको पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित् गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौं ।’

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्