आज देखि खुले सरकारी स्कूलहरु, सुरु भयो भर्ना अभियान, (तस्वीरहरु)
शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलन फिर्ता लिएर फर्किएपछि सरकारी स्कुल सञ्चालनमा आएका छन् । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि शुक्रबारदेखि सरकारी स्कुल खुलेका हुन् ।
यसअघि विद्यालय शिक्षा ऐनलगायतका माग राख्दै शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएपछि सरकारी स्कुल बन्द भएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।
सरकारसँग ९ बुँदे सहमति भएसँगै शिक्षकहरू बिहीबार नै कर्मथलो फर्किएका हुन् । तर, बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारदेखि स्कुल खुलेका हुन् । स्कुल खुलेसँगै भर्ना अभियान पनि सँगसँगै सुरु भएको छ ।