Logo
१ असार २०८२, आईतबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय कर्मचारी परिषद् आइतबारदेखि आन्दोलनमा, जेठ ९ र १० मा काठमाडौंमा प्रदर्शन

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शिक्षक महासंघले विद्यालयका कर्मचारीहरूको मागलाई बेवास्ता गरी सरकारसँग सहमति गरेको भन्दै विद्यालय कर्मचारी परिषद् आन्दोलित बनेको हो ।

परिषद्ले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । जसअनुसार यही २१ वैशाख आइतबारदेखि जेठ ३ सम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने गरी आन्दोलित हुने भएको छ ।

त्यस्ते जेठ ४ मा ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनबारे जानकारी गराउने कार्यक्रम घोषणा गरिएको छ । त्यस्तै जेठ ५ मा आन्दोलन परिचालन समिति गठन गर्ने कर्मचारी परिषद्ले जानकारी दिएको छ ।

त्यस्तै जेठ ६ मा ७७ वटै शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षणपत्र बुझाउने, ७ जेठमा सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा आन्दोलनको जानकारी गराउँदै ध्यानकर्षण पत्र बुझाउने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्