साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन महानगर प्रहरीको बल प्रयोग
काठमाडौं । काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर प्रहरी परिचालन गरेको छ ।
बिहान ४ बजेदेखि ७ बजेसम्म डोको,खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई हटाउन महानगर प्रहरीले सडक खाली गराएको हो । यसक्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको छ ।
काठमाडौं महानगरको नेतृत्व साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागि रहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपस रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेको छ ।
आज बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित गराइएको ।
काठमाडौं महानगरको १६ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा तरकारी किनबेच गर्नेहरूको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेकाले उनीहरूलाई व्यवस्थित गर्न खोजिएको स्थानिय ब्यापारीले बताए ।
तरकारी व्यापार गर्नेहरूलाई अर्को ठाउँमा व्यवस्थित गर्न खोज्दा उनीहरू नमानेर सडकमै व्यापार गर्छौँ भनेपछि हटाउनुपरेको स्थानिय ब्यापारीले बताए ।