Logo
२८ जेष्ठ २०८२, मंगलबार
(May 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत भेटिएकी घटनाको छानबिनका लागि सरकारले कूटनीतिक पहल लिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त घटनाले आफूलाई निकै मर्माहत बनाएको बताएकी छन् । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ,’ मन्त्री राणाले फेसबुकमा लेखेकी छन्, ‘प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

उनले यो घटनाको सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल अघि बढाइकेको पनि जानकारी दिएकी छन् । ‘परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,’ उनले भनेकी छन् ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।

प्रकाशित मिति: May 2, 2025

प्रतिक्रिया दिनुहोस्