Logo
८ असार २०८२, आईतबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्वास्थ्य बिमामा जोडिएको एक महिनामा नै सेवा लिन पाउने व्यवस्था

स्वास्थ्य बिमा गर्ने व्यक्तिहरुले अब आफू बसेकै स्थानमा प्रस्थान विन्दु अर्थात प्रथम सेवा विन्दु राखेर सुविधा लिन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा नियमावली संसोधन गर्दै बीमीतहरुले प्रथम सेवा विन्दु कायम राखेर सेवा लिन पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा नियमावली संसोधन प्रस्ताव लगेका थिए। मन्त्रिपरिषद् बैठकले नियमावली संसोधन प्रस्ताव स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्ले स्वास्थ्य बिमामा जोडिएको एक महिनामा नै सेवा लिन पाउने व्यवस्था पनि लागू गराउने निर्णय गरेको छ। यस अघि स्वास्थ्य बिमामा आवद्ध भएको तीन महिनापछि मात्र स्वास्थ्य सेवा पाउने नियम थियो।

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्