Logo
१३ असार २०८२, शुक्रबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल ट्रेड युनियन महासंघको आयोजनामा १३६ औँ मे दिवसको अवसरमा र्‍याली प्रदर्शन,(तस्बिरहरु)

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्‍याली प्रदर्शन गरिएको छ । बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्‍याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत हुनेछ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।

नेपालमा पनि विराटनगरमा वि.सं. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र वि.सं. २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।

 

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्