Logo
२ असार २०८२, सोमबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका मेयर बालेन र जापानी राजदूत मायदाबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।

भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ ।

भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र शहरी सुन्दरता वृद्धिबारे कुराकानी गरिएको थियो ।

जापानले काठमाडौंको दरबार स्क्वायरको वातावरणीय सुधार, सडक, ढुंगेधारा पुनर्संरचना, बहुउद्देश्यीय मार्शल आर्ट, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्