Logo
३ असार २०८२, मंगलबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच ९ बुँदे सहमति भएको छ । सहमतिपछि शिक्षकहरूले यसलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन् । तर विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने अडानबाट पछि हटेको भन्दै शिक्षक नेताहरूको आलोचना गरेका छन् ।

हिजोका सहमति अनुसार अब शिक्षकहरूले समेत निजामती कर्मचारी ग्रेड र तलबमान पाउनेछन् । जुन आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुनेछ ।

हिजो भएको सहमति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकले निजामती सरह ग्रेड संख्या र रकम कायम हुनेछ ।

त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने छन् ।

त्यस्तै नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने भएको छ । त्यस्तै शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धनमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने सहमति भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका सहमतिहरू मन्त्रिपरिषद् बैठकबाट समेत अनुमोदन भइसकेकाले कार्यान्वयन जाने शिक्षामन्त्री रघुजी पन्तले बताए ।

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्