उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु
बेइजिङ – उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
राजधानी बेइजिङबाट करिब ५ सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा रहेको रेस्टुरेन्टमा आगलागी भएको हो।
‘अप्रिल २९ को दिउँसो १२ः२५ बजे एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो,’ चीनको सरकारी टेलिभिजन सिसिटिभीले भनेको छ,’दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।’
राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ।
उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन्। रासस\एएफपी