Logo
८ जेष्ठ २०८२, बुधबार
(April 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवहेलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो ।

केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: Apr 29, 2025

प्रतिक्रिया दिनुहोस्