Logo
९ जेष्ठ २०८२, बिहीबार
(April 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा चिकित्सक, (तस्बिरहरु)

काठमाडौँ । आवासीय चिकित्सकहरूले मङ्गलवार २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन् । गत चैत्र २१ गतेदेखि  सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडानमा छन् । सरकारी सरह निर्वाह भत्ता दिन नसक्ने अडान लिएका निजी मेडिकल कलेज सञ्चालहरुले सरकारले स्नातक तहमा सिट र शुल्क बढाउन सकिने जनाएपछि निर्वाह भत्ता बढाउन तयार भएका थिए।

चिकित्सा शिक्षा आयोगको चैत्र १५ बसेको १९ औँ बैठकले एमबीबीएसको सिट सङ्ख्या र शुल्क बढाउन सकिने निर्णय गरेको छ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूले माग राखेका छन्।

प्रकाशित मिति: Apr 29, 2025

प्रतिक्रिया दिनुहोस्