Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११:०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन  बलियो गराऔँ’ उनले भनेका छन् ।

गएराति  शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति: Apr 29, 2025

प्रतिक्रिया दिनुहोस्