Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आवासीय चिकित्सकहरूको आज पनि प्रदर्शन (तस्वीरहरू)

१५ वैशाख, काठमाडौं । आवासीय चिकित्सकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

माइतीघर मण्डलामा आवासीय चिकित्सकहरू आफ्ना माग पूरा गर्नुपर्ने नारासहितका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

सरकारी सरह निर्वाह भत्ता लगायतका माग चिकित्सकले अघि सारेका छन् ।

यसअघि उनीहरूले स्वास्थ्य मन्त्रालय सहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।

प्रकाशित मिति: Apr 28, 2025

प्रतिक्रिया दिनुहोस्