२७ दिनदेखि शिक्षकहरू सडकमा (तस्बिरहरू)
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिन पनि जारी छ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकै क्रममा आइतबार प्रहरीले शिक्षकहरूमाथि हस्तक्षेप गरेको थियो । सो क्रममा केही शिक्षक घाइते भएका थिए । शिक्षकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।