Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

सुनसरी । भारतको जम्म कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति: Apr 28, 2025

प्रतिक्रिया दिनुहोस्