Logo
१८ जेष्ठ २०८२, शनिबार
(April 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका महामन्त्री सवार गाडी भारतमा दुर्घटना, शाहसहित छ जना घाइते

नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ सवार गाडी भारतमा दुर्घटनामा परेको छ । भारतको खिरी जिल्लाको खुटारमा दुर्घटना हुँदा शाहसहित छ जना घाइते भएका छन् । अन्य घाइते पनि शाहकै परिवारका सदस्य रहेको बताइएको छ ।

शाहसँगै उनकी बहिनी र ज्वाईंलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको छ भने अन्य तीन जनालाई धनगढी ल्याइँदै छ । शाहको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

महामन्त्री शाह परिवारका सदस्यसहित धनगढीबाट उपचारका लागि दिल्ली जाँदै गर्दा उनीहरू सवार गाडी बससँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति: Apr 27, 2025

प्रतिक्रिया दिनुहोस्