Logo
१८ जेष्ठ २०८२, शनिबार
(April 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१४ वैशाख, काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना ६ ख ५१०० नम्बरको टिपरले प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक गोकर्णेश्वर तालिञ्चोक बस्ने २३ वर्षीय पासाङ शेर्पा गम्भीर घाइते भएका थिए ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ घर भएका शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो । उपचारकै क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: Apr 27, 2025

प्रतिक्रिया दिनुहोस्