Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(April 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरीबीच झडप (तस्वीरहरू)

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।

झडपका क्रममा केही शिक्षकहरू घाइते भएका छन् । विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् ।

प्रकाशित मिति: Apr 27, 2025

प्रतिक्रिया दिनुहोस्