Logo
१५ जेष्ठ २०८२, बुधबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ औँ दिनमा शिक्षकहरूले गरेर सडक आन्दोलनमै रक्तदान

काठमाडौँ । शैक्षिक हडताल गरेर आन्दोलनमा रहेका शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । माइतीघर–नयाँबानेश्वर सडक खण्डमा विगत २३ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले रक्तदान गरेका हुन् ।

दिनहुँ नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकमै रक्तदान गरेका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।

उनीहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ । त्यस्तै एसइईको उत्तर पुस्तिका समेत परीक्षण सुरु हुन सकेको छैन ।

शिक्षकहरूले विगतमा आफूहरूसँग गरेको सहमति अनुसार विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै आएका हुन् । ऐन जारी भएर एक थान ऐन हातमा नलगी घर नफर्किने उनीहरूको अडान छ ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्