Logo
१२ जेष्ठ २०८२, आईतबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’

सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन युवाहरू आउने क्रम जारी छ। युवालाई ‘जनताले जितेको दिन’को स्मरण गराउन लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा  ‘युथ सेलिब्रेशन’को आयोजना गरिएको हो। कार्यक्रम दिउँसो १ बजेदेखि सुरू हुँदैछ।

युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गरिएको एमालेले जनाएको छ।युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत दिनेछन्।

जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाइन्छ। कार्यक्रममा देशभरका युवा सहभागी हुने जनाइएको छ।

युथ युथ सेलिब्रेशन सहभागीका लागि टुँडिखेल, रंगशाला र बगीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

 

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्