Logo
१२ असार २०८२, बिहीबार
(April 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीएसपी सुनिलजंग शाह चैत महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

काठमाडौं, ११ वैशाख । .प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह २०८१ चैत महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएको र प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा शाहले अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको हो ।

‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा तपाईले पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल चैत्र महिनाको ‘पुलिस अफ द मन्थ’ को रुपमा यो प्रंशसा पत्र प्रदान गरिएको छ,’– प्रशंसा पत्रमा भनिएको छ ।

प्रहरी नायव उपरीक्षक शाह प्रहरीबृत्त मालिगाउँ काठमाडौंमा कार्यरत छन् ।

प्रकाशित मिति: Apr 24, 2025

प्रतिक्रिया दिनुहोस्