Logo
१५ जेष्ठ २०८२, बुधबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्‍यो यी १९ निर्णय

काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १९ वटा निर्णयहरु गरेको छ । बुधबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै वैशाख १६ गतेदेखि २२ गतेसम्म भारतको नयाँ दिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटको लागि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र प्रमुख्र सचिव डा. कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व.सविन महर्जन तथा स्व. सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने लगायतका विभिन्न १९ वटा निर्णयहरु गरेको हो ।

1

2

3

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्