Logo
१५ जेष्ठ २०८२, बुधबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुने हिंसात्मक घटनापछि पक्राउ परेका थप १३ जना हाजिरी जमानीमा रिहा

काठमाडौं, १० वैशाख । गत चैत १५ गतेको तीनकुने हिंसात्मक घटनापछि पक्राउ परेका थप १३ जना हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरेको हो । उक्त घटनामा पक्राउ परेका ८ जनालाई यसअघि नै हाजिरी जमानीमा रिहा गरिएको थियो । हाजिरी जमानीमा छुट्नेको संख्या २१ जना पुगेको छ । उनीहरुको बयानलगायतको काम सकिएकाले हाजिरी जमानीमा छाडिएको बताइएको छ ।

उनीहरुलाई हाजिरी जमानीमा छाडिए पनि मुद्दा भने दायर हुने छ । हिरासत मुक्त भएकाहरु सबै आपराधिक उपद्रवअन्तर्गत पक्राउ परेका थिए । तीनकुने घटनामा ८५ जना पक्राउ परेका थिए । उक्त घटनाका आरोपित परिसरको हिरासतमा अहिले ६४ जना रहेका छन् ।

राजावादी समूहले आयोजना गरेको उक्त कार्यक्रम हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिगत घर, व्यवसायिक भवन र सरकारी सम्पत्तिमा तोडफोड, आगजानी र लुटपाट गरेका थिए । उक्त हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्