Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती ऐन सम्बन्धी विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन  भएको छ । बुधबार उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफलपछि समितिले अनुमोदन गरेको हो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडू नेतृत्वको उपसमितिले दफावार छलफल गरेर तयार पारेको प्रतिवेदन छलफलपछि समितिमा पेस भएको थियो ।

उक्त समितिले प्रस्ताव गरेको प्रस्तावना र नाम अनुमोदन गरिएको छ । उपसमितिले प्रस्ताव गरेको प्रस्तावनामा रहेको ’उत्तरदायी’ शब्दको सट्टा ’जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी र प्रविधिमैत्री’ शब्द राखिएको छ । यस्तै, ‘सुशासनमुखी’ शब्दको सट्टा ’सुशासनयुक्त’ शब्द राख्ने गरी बुझाएको प्रतिवेदनको अंश अनुमोदन भएको छ ।

यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्