Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रधानमन्त्रीले राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै, देशभरका युवा महिला राजधानीमा

काठमाडौं, वैशाख १० । नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घअन्तर्गत केन्द्रीय युवा कमिटीले आज राष्ट्रिय युवा महिला भेला गर्दैछ ।

पत्रकार भेटघाट कार्यक्रम गरी अमेनसङ्घले च्यासलस्थित एमालेको केन्द्रीय पार्टी कार्यालयमा विहान १० बजे राष्ट्रिय युवा भेला गर्न लागेको जनाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा व्यापक छलफल हुने बताइएको छ ।

युवा महिला केन्द्रित राज्यका नीति, कार्यक्रम र प्रभावकारिता, जलवायु परिवर्तन, आप्रवासन र युवा महिलामा अर्थतन्त्रले पारेको प्रभाव, अनुकूलनको अभ्यास र प्रविधिको विकासले महिलामा पारेको प्रभाव, सम्भावना र चुनौतीको विषयमा विस्तृत छलफल हुने छ ।

सात प्रदेश र ७७ जिल्ला कमिटीबाट तीन(तीन जना गरी ४० वर्षमुनिका करिब पाँच सय युवा महिलाको सम्मेलनमा सहभागिता रहने छ । भेला युवा महिलाको आवश्यकताः आकाङ्क्षा र आवाजलाई राज्य र राजनीतिक दलका नीति, संरचना र कार्यक्रममा पुर्याउने अभियानको सुरुआत भएको महिला नेतृहरुको भनाइ छ ।

सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको महभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति अनेमसङ्घले पारित गरेको छ ।

सम्मेलनपश्चात् केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका स्तरमा युवा कमिटी निमाण गर्ने योजना बनाइएको छ । सघको पहिलो राष्ट्रिय भेला भने २०८९ सालमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्