Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । मंगलबार पर्यटकहरूमाथि भएको आतंकवादी हमलामा परेर २६ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति पौडेलले आतंकवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ । आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति मेरो हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’

यता, नेपाल सरकारले पनि आतंकवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले भारत सरकार र त्यहाँका जनताप्रति दृढ ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रकाशित मिति: Apr 23, 2025

प्रतिक्रिया दिनुहोस्