Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल विद्यालय कर्मचारी परिषद्‌द्धारा चाबी लिएरै काठमाडौं आउन कर्मचारीलाई निर्देशन

काठमाडौँ — नेपाल विद्यालय कर्मचारी परिषद्‌ले चाबी लिएर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्‌ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसेत दिएको हो ।

‘विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नजिता प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको’ भन्दै परिषद्‌ले चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य सहभागी हुन भनेको छ । शैक्षिक हडताल भइरहेको यो परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हकअधिकार स्थापित गर्ने परिवर्तनकामी यात्रामा छुटने अधिकार कसैलाई नरहेको पनि उल्लेख छ ।

परिषद्‌ले ७ वटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै स्थानीय कार्यसमितिलाई पत्राचार गरेको छ ।

यता निजामती कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी लगायतका मागसहित नेपाल शिक्षक महासंघको अगुगाइमा २१ दिनदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्