Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि शिक्षक आन्दोलन बिहान १० देखि २ बजेसम्म हुने

काठमाडौँ । बुधबारदेखि शिक्षक आन्दोलन  बिहान १० देखि २ बजेसम्म हुने भएको छ ।  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान १० देखि २ बजेसम्म तय गरिएको जानकारी दिए ।

‘२०८२ बैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।

महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ ।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्