Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रूपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो ।

विभिन्न पक्षहरूले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धराशायी भएकाले सरकारले गम्भीर भएर यस विषयमा विचार गर्नुपर्ने महासंघको भनाइ छ ।

माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरूको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

उनले आफ्नो अधिकारको माग गर्दा अरूको अधिकार हनन भएको विषयमा ख्याल गर्न अनुरोध गरे । आन्दोलनका कारण आफूहरूको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।
त्यस्तै महासङ्घले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानुन विपरीत सञ्चालन भएका यातायात कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधन लगायतका विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्