Logo
२७ जेष्ठ २०८२, सोमबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षकका मागप्रति सरकार गम्भीर भएन, आन्दोलन अझ सशक्त पार्छौँ : महासंघ

तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्।

आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइन्। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै उनले ऐन ल्याउनुको साटो आफूहरुलाई अल्मलाउने र थकाउने रणनीतिमा सरकार लागेको भन्दै यसपटक रित्तो हात नफर्किने अडानबाट पछि नहट्ने प्रष्ट पारिन्।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्