Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ।

शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए।

प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुने घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि कारबाही अघि बढाउने तयारी गरिरहेको छ।

प्रकाशित मिति: Apr 21, 2025

प्रतिक्रिया दिनुहोस्