Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

सुर्खेतकाे वीरेन्द्रनगरमा फाेर्स गाडीकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि आफन्तहरू आन्दाेलित बनेका छन् ।

आइतबार वीरेन्द्रनगर नगरपालिका-२, काे रेडियो नेपालनजिक कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरकाे फाेर्स गाडीकाे ठक्करबाट जुम्लाकाे हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढाकाे मृत्यु भएकाे थियाे ।

मृतक कालिबहादुरका परिवारलाई उचित क्षतिपूर्ति र दाेषीलाई कारबाहीकाे माग गर्दै आफन्तहरू आन्दाेलित बनेका हुन् । आान्दाेलनकारीले सुर्खेत-जुम्ला सडक अन्तर्गत यरिचाेकमा सडक अवरुद्ध गरेर प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

गाडीकाे ठक्करबाट टाउकाेमा चाेट लागि गम्भीर घाइते भएका बुढाकाे उपचारकाे क्रममा आइतबार बिहान मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति: Apr 21, 2025

प्रतिक्रिया दिनुहोस्