Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(April 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेनुलाई हर्कको चुनौती : भिजन भनेको के हो, म सिकाउँछु !

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको आलोचना गरेका छन् । दाहालले आफूलाई ठुला योजना सञ्चालन गर्न सुझाव दिएको भन्दै साम्पाङ सामाजिक सञ्जालमा खनिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेनु दाहालले मलाई ठुला योजना गर्नु पर्थ्यौ भनेर भनेछ ! रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ?‘

साम्पाङले नेकपा माओवादी केन्द्र सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको पनि जिकिर गरेका छन् । उनले लेखेका छन्‘ बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु !’

यस्तो छ साम्पाङको भनाई :

बाऊ ठिक रैन छ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! 

बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथि छ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! 

बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! 

विदेशी ऋण बोकेर धेरै ठुलो गाडी हाँक्नु हुँदैन ! स्वदेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! 

बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसक्यो भन्ने ! विचरा…

प्रकाशित मिति: Apr 21, 2025

प्रतिक्रिया दिनुहोस्