Logo
१५ जेष्ठ २०८२, बुधबार
(April 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्षलाई जानकारी नदिइ वडाध्यक्ष १० महिनादेखि बेपत्ता

गोरखा : सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल १० महिनादेखि बेपत्ता बनेका छन्। उनी गत जेठमा अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर अमेरिका हानिएका हुन्। उनी माओवादी केन्द्रका कार्यकर्ता हुन्। र, माओवादीबाट वडाध्यक्ष जितेका जनप्रतिनिधि हुन्।

वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्।

उनको यो अमेरिका भ्रमण दोस्रो पटक हो। पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए। सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए। तर, अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।

कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए। ​वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ। तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ।

वडाध्यक्ष पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको उनीहरुको आरोप छ। उनको परिवार अमेरिकामा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बहनामा फेरी अमेरिका नै गएको दाबी स्थानीयहरुको छ।

प्रकाशित मिति: Apr 20, 2025

प्रतिक्रिया दिनुहोस्