Logo
११ जेष्ठ २०८२, शनिबार
(April 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन पुगेर प्रधानमन्त्री ओलीको दाबी : सरकार ढल्ने हल्लामा कुनै सत्यता छैन

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सहमतिअनुसार पूरै अवधि अघि बढ्ने बताएका छन् । उनले पछिल्लो समय चलाईएको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । गत चैत्र ३१ गते विपक्षी दलका नेता पुष्पकमल दाहालले चितवन पुगेर अहिलेको सरकार ढल्ने र नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउने दाबी गरेका थिए । त्यसको एक साता नबित्दै प्रधानमन्त्री ओलीले दाहाललाई चितवन पुगेरै जवाफ फर्काएका छन् ।

अहिलेको सरकारले विकास निर्माणको कामलाई तिव्रताका साथ अघि बढाएको प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने,‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन, देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’

प्रकाशित मिति: Apr 18, 2025

प्रतिक्रिया दिनुहोस्