Logo
८ जेष्ठ २०८२, बुधबार
(April 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशैभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने मेयर राईको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशैभरि ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन्।

सामाजिसक सञ्जालमा लेख्दै उनले यस्तो घोषणा गरेका हुन्। मेयर राईले आफू र आफ्नो काम मन पराउने जति सबैलाई जोडिन आग्रह समेत गरेका छन्। साथै उनले अबको नेतृत्व आफ्नो हुने र अरूले नसक्ने भन्दै अभियानमा आउन अनुरोध गरेका छन्।

उनले लेखेका छन्, ‘अब देशै भरि हर्क साम्पाङ अ रिभोलुसन टीम बनाउनेछौँ! मलाई मन पराउने, मेरो विचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला! मेरो अभियान मन पराउने जति सबै आउनु होला! अब म दिन्छु नेतृत्व! अरूले सक्दैन, जान्दैन! देशको माया लाग्छ भने जोडिनुहोला!’

प्रकाशित मिति: Apr 18, 2025

प्रतिक्रिया दिनुहोस्