Logo
१९ जेष्ठ २०८२, आईतबार
(April 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार

बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।

चौधरीको निवासमा  उनलाई नै  लक्षित गरेर गएराति गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले  बताए ।

गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायव उपरीक्षक अधिकारीले  बताए  । घटनाबारे थप अनुसन्धान अघि बढेको उनले बताए ।

प्रकाशित मिति: Apr 18, 2025

प्रतिक्रिया दिनुहोस्